बाँकेमा थप २६ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगञ्जः बाँकेमा आज थप २६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

नेपालगञ्जको होटल सिटी प्यालेस आइसोलेसनबाट २१ जना र खुल्ला कारागार आइसोलेसन गनापुरबाट ५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  निको भएका रौतहटका युवकको रिपोर्ट पोजेटिभ, पुनः अस्पताल भर्ना

योसंगै बाँकेमा निको हुनेको संख्या ६५४ पुगेको छ । अब आइसोलेसनमा बाँकेमा १ सय ७८ जना छन् । हालसम्म ८ सय ३५ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्