जयपृथ्वी नगरपालिकाका कर्मचारी भट्टीमा, कार्यालय समयमा लुडो खेल्न व्यस्त

मेयर खड्का भन्छन् : यो कुरा सामान्य हो

सुनिल धामी, बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिकाका कर्मचारी कार्यालय समयमा सदरमुकाम चैनपुरको होटल खप्तड सैलुङमा लुडो खेल्दै गरेको अवस्थामा भेटिएका छ्न् ।

कार्यालयको प्राविधिक शाखाका ३ जना कर्मचारी मंगलबार दिउँसो १ बजे कार्यालय समयमा लुडोमा मस्त भेटिएका हुन् । कार्यालय प्रमुखको जानकारीविना नै कर्मचारी कार्यालयबाट हराएपछि एभरेष्ट दैनिकको रिपोर्टिङ टिमले खोजी गर्दा कर्मचारी लुडो खेल्दै गरेको अवस्थामा रङ्गेहात फेला परेका थिए ।

याे पनि पढ्नुस  कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशनः ‘गुणात्मक परिवर्तन ल्याउने गरी काम गर्नुस्’

कार्यालयबाट दिउँसो करिब १२ बजे गायव भएका कर्मचारी सेवाग्राहीले खोज्दा नभेटिएपछि एभरेष्ट दैनिकको टिमले खोजी गरेको थियो ।

होटेलको क्याबिनभित्र ३ जना कर्मचारी कार्यालयको पोसाक मै लुडो खेलिरहेको जानकारी नगरप्रमुख वीरेन्द्र खड्कालाई जानकारी दिँदा उनले भने सामान्य कुरा भन्दै मिडियामा नलैजान आग्रह गरे ।

याे पनि पढ्नुस  समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

कार्यालयका कर्मचारी यसरी लुडो खेलिरहेको जानकारी निमित्त कार्यालय प्रमुख रामबहादुर खड्कालाई गराएपछि उनले सम्बन्धित कर्मचारीलाई फोन गरेका थिए । तर, फोन सम्पर्क हुन नसकेपछि आफै कर्मचारी लुडो खेलिरहेको स्थानमा पुगेर रङ्गेहात फेला पारेका थिए ।

निजामती कर्मचारीको सबै समय नेपाल सरकारको अधिनमा हुने प्रावधान निजामती ऐनमा रहेको छ । समयमा कार्यालयमा नआउने र कार्यालयमा पटकपटक ढिलो आउने चाँडो जाने तथा कार्यालयको काममाबाहेक कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छोड्ने निजामती कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले गयल कट्टी गर्ने प्रावधान निजामती नियमावली रहेको छ ।

याे पनि पढ्नुस  कोषमा जान तयार भएनन् बैङ्कका श्रमिक

कार्यालय समयमा निमित्त प्रमुखको जानकारीविना नै कर्मचारी लुडोमा व्यस्त  भएकाले तिनै जना कर्मचारीको गयल कट्टी गरिने निमित्त कार्यालय प्रमुख खड्काले बताए ।

कमेन्ट गर्नुहोस्