भोजपुर : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।
हातहतियार तथा सांगठनिक अपराधलगायत ४ वटा मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको भए पनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।
सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दीप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरू दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
भोजपुरबाट रिहा हुने बित्तिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।