तनहुँः बहुविवाह मुद्दामा फरार रहेका दम्पतीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
तनहुँ रिसिङ गाउँपालिका-२ गैराथोक बस्ने धनबहादुर राना र उनको कान्छी श्रीमती नमुना राना ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ जिल्ला अदालतले धनबहादुर दम्पतीलाई ०७५ असारमा १ बर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको थियो ।
पक्राउपछि अदालतको आदेशले उनीहरुलाई कारागार चलान गरिएको तनहुँ प्रहरीले जनाएको छ ।