सरकारले जनताको पीडा सम्बोधन गरेनः सिटौला

बनियानीः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् ।

झापाको चन्द्रगढीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गरे । ‘कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन’, उनले भने।

याे पनि पढ्नुस  मन्त्री भट्टराईले आफू भन्दा पहिला सिटौलालाई स्वागत गर्न भनेपछि...

एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गरे ।

कमेन्ट गर्नुहोस्