सुनसरीका ४१ जना प्रहरीमा कोरोना सङ्क्रमण

सुनसरीः सुनसरीका प्रहरीमा कोरोना सङ्क्रमणको संख्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले एक हजार जनाको दरबन्दी रहेको जिल्लाभरिका केही प्रहरीमा कोरोना सङ्क्रमित बढेसँगै दैनिक काममा समस्या भएको जानकारी दिए ।

सुनसरीमा अहिलेसम्म ४१ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन् भने कन्ट्याक ट्रेसिङको आधारमा ८० जना प्रहरी क्वारेनटाइनमा रहेका छन् ।

याे पनि पढ्नुस  दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

सुनसरीका ४१ प्रहरीसहित जिल्लामा अहिलेसम्म पाँच सय आठ जनालाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये दुई सय २३ जना निको भएर घर फर्किएका छन् भने धरानका तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्