खैरो हिरोईनसहित १ युवक पक्राउ

कञ्चनपुरः बेदकोट नगरपालिका-७ सुडाका ३४ वर्षीय एक व्यक्तिलाई प्रहरीले लागु औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ ।

पक्राउ परेका विरेन्द्र साउदबाट चार दशमलव ८५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

पक्राउ परेका साउँदलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको छ ।

याे पनि पढ्नुस  तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव समापन

खुला सीमा नाकाको फाइदा उठाउँदै लागु औषधका भारतीय कारोवारीले खैरो हिरोईन पु¥याउने कार्य गर्दै आएका बताइएको छ ।

कमेन्ट गर्नुहोस्