भारतमा फेरि कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः भारतमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा एक हजार ६५ जनाको मृत्यु हुँदा ५९ हजार ६२० जना निको भएका छन् । भारतमा बुधबार ७५ हजार ९९५ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ८४ हजार ५७५ पुग्दा मृतक संख्या ६१ हजार ६९४ पुगेको छ । २५ लाख ८३ हजार ६३ निको हुँदा सक्रिय संक्रमित संख्या ७ लाख ३९ हजार २४८ छ ।

भारतमा विभिन्न राज्यमा संक्रमित मन्त्री र विधायकको संख्या २९ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा मात्रै १२ मन्त्रीमा कोरोना पुष्टि हुँदा २ जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  थप ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित विश्वकै तेस्रो देश हो । तर, भारतमा सबैभन्दा बढी प्रभावितको सूचीमा पहिलो अमेरिका र दोस्रो ब्राजिलको भन्दा बढी दैनिक संक्रमित थपिन थालेका छन् ।

भारतमा कुल संक्रमितमध्ये १.८३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको छ । भारतमा हालसम्म ७६.२४ प्रतिशत संक्रमित निको भएका छन् ।

याे पनि पढ्नुस  भाजपा पार्षदः राहत वितरण गर्दा संक्रमित, अस्पतालबाट फर्कँने बताउँदै गर्दा मृत्यु

भारतमा हालसम्म ३ करोड ८५ लाख ७६ हजार ५१० जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ लाख बढीको कोरोना परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्