चितवनमा फेरि थपियो निषेधाज्ञा

भरतपुरः विगत दुई हप्तादेखि चितवनमा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थपिएको छ ।

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका भरतपुर महानगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा थप गरेको हो । पछिल्लो पटक भदौ ५ गते जारी गरिएको निषेधाज्ञा शुक्रबार मध्यराति सकिँदैछ ।

याे पनि पढ्नुस  ‘होली खेल्न पाइन्छ, भिडभाड गर्न र अरुलाई पानी छ्याप्न पाइन्न’

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को अधिकार प्रयोग गर्दै निषेधाज्ञा घोषणा गरिएको उल्लेख गरेका छन् । थप गरिएको निषेधाज्ञा भदौ १९ गते मध्यरातसम्म जारी रहने छ ।

कमेन्ट गर्नुहोस्