१ सञ्चारकर्मीसहित २ कोरोना सङ्क्रमित

 

 

लमजुङः जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका-८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका-४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। सङ्क्रमित महिला भने करिब ५ दिनअघि भारतबाट आएका थिए । उनि पालिकाको क्वारेन्टिनमा बसेका थिए ।

याे पनि पढ्नुस  लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४ जना गम्भीर घाइते

सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका-७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १ सय ४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल २ महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

कमेन्ट गर्नुहोस्