कर्मचारीमा कोरोना देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं : सहयोगी कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’होम आइसोलेसनमा बसेका छन् ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा चिया लैजान १ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन् ।

याे पनि पढ्नुस  वैकल्पिक विधिबाट पढाई निरन्तरता गराउन कार्यदलको सुझाव

उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन् । सिसिएमसीको बैठकमा चिया लैजाने कार्यालय सहयोगीलाई कोरोना देखिएपछि दुवै मन्त्री घरमै बसेका हुन् ।

त्यही कार्यक्रममा उपस्थित भएका गृहमन्त्री थापाले पनि भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन् । मन्त्रीद्वय होम आइसोलेसनमा बसेसँगै नेकपाले भोलि बोलाएको सचिवालय बैठकसमेत स्थगित गरेको छ ।

कमेन्ट गर्नुहोस्