वामदेव गौतमको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् ।

उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् । यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ ।

याे पनि पढ्नुस  केपी ओलीले भनेजस्तो वामदेव प्रधानमन्त्री बन्न कति सम्भव ?

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ ।

याे पनि पढ्नुस  पाल्पा–१ का सांसद रानाले वामदेवका लागि राजीनामा देलान् ?

गीतको म्युजिक भिडियो विभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् । जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।

कमेन्ट गर्नुहोस्