युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

काठमाडौं : युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका युवक पक्राउ परेका छन् ।

जिल्लाको मोहन्याल गाँउपालिका- ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई पक्राउ गरिएको जनाएको छ।

‘अस्मिता श्रेष्ठ’ को नामको नक्कली फेसबुक आईडी खोलेर ब्ल्याकमेलिङ गर्दै आएका शाहीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

याे पनि पढ्नुस  सामाजिक सञ्जाल फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट ह्याक

उनले शाहीले सुन्दर युवतीको तस्बिर राखेर केटी बनेर केटाहरूसँग कुरा गर्दै उनीहरूलाई फसाउँदै आएका थिए।

उनले गफगाफका क्रममा अश्लिल फोटोहरू मागेर ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको भए पनि नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्