विराटनगरमा इन्धन बोक्ने ट्यांकर बिस्फोट

मोरङ : विराटनगरमा नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विष्फोेट भएको छ ।

निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर बुधबार बेलुका विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बिष्फोटका कारण नजिकै रहेका घरमा सामान्य क्षति पुगेको छ ।

याे पनि पढ्नुस  निगमले ग्यास प्लान्ट निर्माण गर्ने

ट्याङकर नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा राखिएको थियो ।

ट्याङकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्