१ साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक र नर्स करारमा लिइने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ महामारीका बीच देशभरीका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

हाल ६ सय ४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले कम्तीमा १ चिकित्सकसहित ५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले देशभरिका सबै स्थानीय तहमा एक साताभित्र अनिवार्य अस्पताल सञ्चालनको निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  लकडाउन सकिए पनि सरकारले फेरि यस्तो कडा कदम चाल्यो

दक्षिण एसियामा भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तानमा प्रत्येक स्थानीय तहमा अस्पतालको सुविधा छैन ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अस्पताल सञ्चालनमा पालिकाले कुनै बहाना बनाउँदैन, बाध्यकारी व्यवस्था हो ।’

अस्पताल, पूर्वाधार र जनशक्ति नै नभएको पालिकामा कसरी एक साताभित्र अस्पताल सञ्चालनमा आउँछ? भन्ने जिज्ञासामा डा. गौतमले भने, ‘अस्पताल छैन, तर स्वास्थ्यका अन्य पूर्वाधार छन्, चौकी र केन्द्र छ, जनशक्ति र स्रोत साधन नहोला, हामी पूरा गर्छौँ ।’

याे पनि पढ्नुस  चिकित्सकलाई प्रधानमन्त्रीले भने, ‘जे भइरहेको छ, सबै कुरा भनिदिनुस्’

मन्त्रालयले छोटो अवधिमै करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ । वार्षिक ३ सय करिब चिकित्सक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्छन् ।

कम हुन आउने चिकित्सक र नर्स करारमा भर्ना गरिने प्रवक्ता डा. गौतमले प्रष्ट्याए । यसरी प्रत्येक स्थानीय तहमा ५ शय्या गरी ६ सय ४९ स्थानीय तहमा ३ हजार २ सय ४५ शय्या थपिएको हो ।

याे पनि पढ्नुस  कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक, प्रयोग कसरी गर्ने ?

मन्त्री स्तरीय बैठकले शुक्रबार सङ्घ, प्रदेश र स्थानीय तहमातहतका अस्पतालमा ६ हजार २ सय १ शय्या थप्ने निर्णय गरेको छ । -गाेरखापत्र अनलाइनबाट

कमेन्ट गर्नुहोस्