नेपाल आइडल-३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं : नेपाल आइडलल सिजन- ३ को उपाधि मोरङकी सज्जा चौलागाईले जितेकी छन् । आज भएको फाइनलमा प्रवीण बेडवाल र किरण भुजेलको भन्दा बढी भोट ल्याएर सज्जालले आइडलको उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन् ।

त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवालले १० लाख र सेकेन्ड रनरअप कीरणकुमार भुजेलले ५ लाख नगद प्राप्त गरेका छन् ।

एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

लकडाउनका कारण यो वर्षको नेपाल आइडलको फिनाले ढीला भएको हो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

कमेन्ट गर्नुहोस्