भारतमा कोरोनाको लगातार नयाँ रेकर्ड

काठमाडौंः भारतमा शुक्रबार ७६ हजार ६६४ जना कोरोना संक्रमित थपिएका छन् । साथै शुक्रबार १ हजार १८ जनाको कोरोनाका कारण मृत्यु हुँदा उक्त अवधिमा ६४ हजार ४७५ जना निको भएका छन् ।

लगातार दोस्रो दिन ७६ हजारभन्दा बढी संक्रमित देखा पर्दै भारतमा कोरोनाले रेडर्क राखेको छ । बिहीबार त्यहाँ ७६ हजार ८२६ संक्रमित फेला परेका थिए ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुग्दा मृतक संख्या ६२ हजार ७१३ पुगेको छ ।

भारतमा हालसम्म ७६.२४ प्रतिशत संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २६ लाख ४७ हजार ५३८ जना निको हुँदा सक्रिय संक्रमित संख्या ७ लाख ५० हजार ४११ छ । करिब ९ हजार संक्रमितको अवस्था गम्भीर छ ।

याे पनि पढ्नुस  स्याङ्जामा १६ सुरक्षाकर्मी, १ एम्बुलेन्स चालकसहित २५ जनामा कोरोना पुष्टि

करिब ४ करोडको परीक्षण

भारतमा शुक्रबारसम्म ३ करोड ९४ लाख ७७ हजार ८४८ जनाको कोरोना परीक्षण गरिएको छ । पहिलो एक करोडको परीक्षण गर्दा ३ लाख २ हजारमा कोरोना संक्रमण भेटिएको थियो । दोस्रो एक करोडको परीक्षण गर्दा १४ लाख ४ हजार र तेस्रो एक करोड व्यक्तिको कोरोना परीक्षण गर्दा १४ लाख ४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पछिल्लो पटक एक करोडको परीक्षण गर्दा संक्रमित संख्या घटेर ८ लाख १३ हजारमा मात्रै संक्रमण देखिएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा रोकिएन कोरोनाः एकैदिन १९ सय ४० को मृत्यु, संक्रमित कति ? (सूचीसहित)

भारतमा १० लाख मानिसमध्ये २९ हजारको परीक्षण भइरहेको छ । जसमध्ये २ हजार ४९९ जनामा कोरोना देखिएको तथ्यांकले देखाएको छ ।

मृतक संख्यामा तेस्रो

भारतमा हालसम्म कोरोनाका कारण ६२ हजार ७१३ जनाको मृत्यु भएको छ । योसँगै भारत कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने देशको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ । भारतमा कुल संक्रमितमध्ये १.८३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी अमेरिकामा १ लाख ८५ हजार ९०१, ब्राजिलमा १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतपछि चौंथो नम्बरमा रहेको मेक्सिकोमा ६२ हजार ५९४ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  जंगली जीवजन्तुको शिकारले कोरोना भाइरस फैलिएको आशंका

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित विश्वकै तेस्रो देश हो । तर, भारतमा सबैभन्दा बढी प्रभावितको सूचीमा पहिलो अमेरिका र दोस्रो ब्राजिलको भन्दा बढी दैनिक संक्रमित थपिन थालेका छन् ।

भारतमा विभिन्न राज्यमा संक्रमित मन्त्री र विधायककोसंख्या २९ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा मात्रै १२ मन्त्रीमा कोरोना पुष्टि हुँदा २ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्