नेपाल आइडलमा कसलाई लागेको हो कोरोना ?

काठमाडौंः नेपाल आइडल सिजन–३ शुक्रबार राति सकिएको छ । जसमा मोरङकी सज्जा चौलागाईं विजेता बन्दा प्रवीण बेडवाल फस्ट रनरअप र किरण भुजेल दोस्रो बने ।

ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए, त्यो पनि प्रतिस्पर्धी, निर्णायक विनै ।

त्यसको कारण थियो, नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिनु । ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो । अनि, सबैजना आइसोलेसनमा गए, प्रतिस्पर्धी र निर्णायक विनै विजेता घोषणा गरिएको थियो ।

याे पनि पढ्नुस  थप दुई जना कोरोना संक्रमितको मृत्यु

ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरुरू सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा गए ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएको बताए पनि अन्नपूर्ण मिडिया नेटवर्कले थप केही बताएको छैन । तर, स्रोत भन्छ, ‘नेपाल आइडल निर्माण टोलीका एक महत्पवूर्ण सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उहाँले सबैसँग सम्पर्कमा रहनुपर्ने भएका कारण बाँँकी कार्यक्रम स्थगित गर्नुपर्यो ।’ निर्णायक, प्रतिस्पर्धी वा कार्यक्रम सञ्चालकमध्ये एकजनालाई कोरोना लागेको उनले संकेत गरे ।

याे पनि पढ्नुस  यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

प्रतियोगितामा वाइल्ड कार्डमार्फत यसअघि बाहिरिएका एक प्रतियोगीले पुनः प्रवेश पाउका लागि प्रस्तुति दिएपछि लकडाउनका कारण कार्यक्रमै अनिश्चितकालका लागि स्थगित भएको थियो । १३९ दिनपछि प्रतियोगितामा शुरू भएको थियो ।

नेपाल आइडल विजेता सज्जाको यस्तो छ विगत

कमेन्ट गर्नुहोस्