बिहानै थपिए ९७ संक्रमित, कहाँ कति ?

काठमाडौंः वीरगञ्ज, चितवन र गण्डकी प्रदेशमा गरिएको कोरोना परीक्षणमा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ४ सय ३३ वटा स्वाब नमुना परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

याे पनि पढ्नुस  गण्डकीमा थपिए ११ सङ्क्रमित

उनका अनुसार पर्साका ३१, बाराका ८ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका २ जना, रौतहट र काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५ जना महिला छन् । नयाँ थपिएका संक्रमितहरू १५ वर्षदेखि ५६ वर्षसम्मका छन् ।

याे पनि पढ्नुस  उपत्यकामा थपिए आज अहिलेसम्मकै बढी संक्रमित

यस्तै, चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको हो ।

उता, गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  गण्डकीमा थपिए ११ संक्रमित

कमेन्ट गर्नुहोस्