सुरेश रैनाले आईपीएल नखेल्ने, यूएईबाट फर्किए

काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुन यूएई पुगेका चेन्नई सुपर किंग्सका सुरेश रैना भारत फर्किएका छन् । उनी इन्डियन प्रिमियर लिगको आगामी संस्करणमा सहभागी नहुने भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

रैना चेन्नईको प्रमुख ब्याट्सम्यानमध्येका एक हुन । सन् २००८ मा प्रिमियर लिग सुरु भएयता ३३ वर्षीय रैनाले १३ संस्करणमा एक मात्र खेलमा सहभागी भएका छैनन् । रैना प्रिमियर लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले प्रिमियर लिगमा हालसम्म पाँच हजार ३६८ रन बनाएका छन् । सबैभन्दा बढी रन बनाउने विराट कोहलीको नाममा पाँच हजार ४१२ रनको कीर्तिमान छ ।

याे पनि पढ्नुस  आइपीएल अक्सनमा सर्बाधिक ‘अनसोल्ड’ रहेका ४ क्रिकेटर

चेन्नई सुपर किंग्सका के विश्वनाथनले रैना प्रिमियर लिग सुरु हुनु अघि नै भारत फर्केको पुष्टि गरे । उनले ट्वीटमा लेखेका छन्, ‘रैना ब्यक्तिगत कारणले भारत फर्केका छन्, यस्तो समयमा रैना र उहाँको परिवारका साथ चेन्नईको साथ रहनेछ ।’ रैना स्वदेश फर्केको कारण अझै स्पष्ट हुन सकेको छैन् ।

याे पनि पढ्नुस  आइपीएलः कोलकाताको मुख्य प्रशिक्षकमा ब्रेण्डम म्याकलम नियुक्त

आईपीएलका लागि युएई पुगेका चेन्नई सुपर किंग्सका १० सदस्यलाई कोरोना संक्रण्म देखिएको थियो । यसमा एक भारतीय क्रिकेटर छन्, तर उनको नाम सार्वजनिक गरिएको छैन ।

कमेन्ट गर्नुहोस्