बलात्कारको अभियोगमा पुजारी पक्राउ

राँझाः बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा २ महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए।

याे पनि पढ्नुस  रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना

उनका अनुसार यही भदौ १० गते राति नेपालगञ्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीय २ महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  ६ महिनापछि बाँकेमा सार्वजनिक यातायात सञ्चालन

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीया साइलाई पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

पक्राउ परेका मजारका मुजावीर ‘मुसे’ बाबाका नामले परिचित छन् । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरका रूपमा रहेको हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्