कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो । बिरामी भएर सिकिस्त भएकी ती महिलालाई उपचारका लागि विराटनगर लग्ने क्रममा मृत्यु भएको हो ।

उनलाई लामो समयदेखि ज्वरो आइरहेको थियो । उनी केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

याे पनि पढ्नुस  आठ सय बाढीपीडित परिवारलाई राहत

स्वाब संकलनको रिपोर्ट शनिबार पोजिटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले एक जनाको मृत्यु भएको पुष्टि गरे । यो समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्