सरकारी डाक्टरलाई नीजि अस्पतालमा काम गर्न प्रतिबन्ध लगाईने

काठमाडौं । सरकारले सरकारी चिकित्सकहरुलाई नज्ञि स्वास्थ्य संस्थामा काम गर्न निषेध गरेकाे छ । सरकारी अस्पतालमा सेवा,सुविधा कम भएकाे भन्दै नीजिमा जाने प्रवृत्ति बढेपछि सरकारले अत्यधिक सेवा,सुविधा बढाएर।भएपनि डाक्टरहरुलाई नीजिमा जानबाट राेकेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ मा कुनै पनि सरकारी सेवामा आबद्ध चिकित्सक/स्वास्थ्यकर्मीले एक संस्थाबाहेक अन्यन्त्र काम गर्न नपाउने व्यवस्था गरेकाे हाे ।

आज प्रकाशित नयाँ पत्रिका दैनिकका अनुसार, चिकित्सकलाई निजी अस्पतालमा प्राक्टिस नगरेबापत तलबको २०० प्रतिशतदेखि ३५० प्रतिशतसम्म ननप्राक्टिस भत्ता दिइनेछ । त्यसैगरी शतप्रतिशत अध्यापन भत्ताको पनि उनीहरू दाबेदार हुनेछन् । विशेषज्ञ डाक्टरहरूले उपत्यकामा शतप्रतिशत र उपत्यकाबाहिर १५० प्रतिशत भत्ता पाउनेछन् । सबै चिकित्सकले १२.५ प्रतिशत पेसागत जोखिम भत्ता पनि पाउनेछन् ।

याे पनि पढ्नुस  चिकित्सक र नर्सलाई बेलायत जान सजिलो

सरकारको योजनाअनुसार मेडिकल अधिकृत (एमबिबिएस)ले अधिकतम् १ लाख ६६ हजार ५६७ सम्म पाउनेछन् । यो तहका चिकित्सकलाई तलबबापत ४० हजार ३८०, ननप्राक्टिस भत्ता (२०० प्रतिशत) ८० हजार ७६०, अध्यापन भत्ता (१०० प्रतिशत) ४० हजार ३८० र पेसागत जोखिमभत्ता ५ हजार ४७ प्राप्त हुनेछ ।  
त्यस्तै, एकदेखि तीन वर्षको स्नातकोत्तर गरेका चिकित्सकलाई तलबबापत ४३ हजार ५८०, ननप्राक्टिस भत्ता (२५० प्रतिशत) १ लाख ८ हजार ९५०, विशेषज्ञता भत्ता (१०० प्रतिशत) ४३ हजार ५८०, अध्यापन भत्ता ४३ हजार ५८० र पेसागत जोखिम भत्ता ५ हजार ४४७ गरी २ लाख ४५ हजार १३७ प्राप्त हुनेछ । यो तहका चिकित्सक उपत्यकाबाहिर गएमा विशेषज्ञ भत्तामा ५० प्रतिशत अर्थात् २१ हजार ७९० थप गरी कुल २ लाख ६६ हजार ९२७ प्राप्त गर्नेछन् । 

याे पनि पढ्नुस  रूसमा कोरोनाको कारण करिब ५०० चिकित्सकको मृत्यु

चारदेखि ६ वर्षको स्नातकोत्तर र डिएम गरेका चिकित्सकले तलबबापत ४७ हजार ३८०, ननप्राक्टिस भत्ता (३०० प्रतिशत) १ लाख ४२ हजार १४०, विशेषज्ञता भत्ता (१०० प्रतिशत) ४७ हजार ३८०, अध्यापन भत्ता (१०० प्रतिशत) ४७ हजार ३८० र पेसागत जोखिम भत्ता ५ हजार ९२२ गरी २ लाख ९० हजार २०२ रुपैयाँ पाउनेछन् । यो तहका चिकित्सक उपत्यकाबाहिर गएमा २३ हजार ६९० थप भत्ता पाउनेछन् । यसरी यो तहका चिकित्सकको तलब र भत्ता ३ लाख १३ हजार ८९२ सम्म हुनेछ ।

कमेन्ट गर्नुहोस्