भारतमा पछिल्लो २ दिनमा डेढ लाख बढी संक्रमित, संक्रमितको संख्या ३५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले झनै विकराल रुप लिएको छ । पछिल्लो दुई दिनमा मात्रै डेढ लाख बढी संक्रमित भएका छन् ।
शनिबारका दिन मात्रै भारतमा ७८ हजार ४७९ नयाँ संक्रमण देखा परेको छ । यो आजसम्मकै उच्च संक्रमण हो ।

भारतले संक्रमण रोक्न जतिसुकै कोशिस गरेपनि प्रभावकारी हुन सकेको छैन । भारतमा अहिलेसम्म ३५ लाख ३९ हजार ७१२ जना संक्रमित भएका छन् । यसमध्ये २७ लाख १२ हजार ५ सय २० जना निको भएका छन् ।
संक्रमणका कारण मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । अहिलेसम्म ६४ हजार ९८२ जनाको मृत्यु भएको छ भने ७ लाख ६२ हजार ९४८ जनाको अहिले उपचार चलिरहेको छ ।
भारतले परीक्षणलाई समेत तीब्रता दिएको छ । अहिलेसम्म प्रति दश लाख जनसंख्यामध्ये २९ हजार २३४ जनाको जाँच भइरहेको छ ।

याे पनि पढ्नुस  भारतमा आइतबार मात्रै १८ को मृत्यु, संक्रमितको संख्या ३५ सय नाघ्यो

भारतमा यही स्तरमा संक्रमण जारी रहने हो भने अबको चारदिन भित्रै भारत संसारकै दोश्रो उच्च संक्रमित हुने देशमा गनिनेछ । अहिले दोश्रो उच्च संक्रमण भएको देश ब्राजिल रहेको छ । ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना संक्रमित छन् ।
भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्र प्रदेशमा देखिएको छ । यहाँ हरेक सय जनाको परीक्षण गर्दा १९ जनामा कोरोना देखिएको छ ।

कमेन्ट गर्नुहोस्