‘ नयाँ फासिवाद’ भन्दै यूरोपभरि ‘एन्टी कोरोना र्याली’, बर्लिनमा ४० हजार जनता सडकमा, प्रहरीसँग झडप (फोटो फिचर)

बर्लिन । कोरोना संक्रमणका कारण सरकारले लगाएका प्रतिबन्धको बिरोध गर्दै जर्मनीमा दशौं हजार जनताले प्रदर्शन गरेका छन् ।

सरकारी प्रतिबन्धको उल्लंघन गर्दै हजारौंको संख्यामा प्रदर्शनकारीहरुले बर्लिन शहरमा ¥याली निकालेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले प्रदर्शनमा ४० हजार भन्दा बढीको सहभागिता भएको जनाएका छन् ।

प्रदर्शनका क्रममा मास्क समेत लगाएका थिएनन् ।

प्रहरीले प्रदर्शनकारीमध्ये तीन सय जना बढीलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । झडपमा सात प्रहरी घाइते समेत भएका छन् ।

प्रहरीले यी मध्ये २ सय जनालाई एउटा ¥यालीबाट पक्राउ गरेको थियो । उनीहरुले प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेको आरोप सुरक्षा अधिकारीहरुले लगाएका छन् ।

जर्मनीमा मात्र नभएर यूरोपका अन्य शहरमा समेत यस्तै प्रकारका प्रदर्शन भएका छन् । लण्डनको ट्रेफाल्गर स्क्वायरमा समेत हाजरौं प्रदर्शनकारीले मास्कको बिरोध गरेको छन् । उनीहरुले अहिलेको लकडाउन र प्रतिबन्धलाई नयाँ फासिवादको संज्ञा दिएका छन् ।

यसैगरि पेरिस, भियाना र जुरिचमा पनि हजारौंले प्रदर्शन गरेका छन् ।

जर्मनीमा पक्राउ परेकामध्ये एकजना कन्सपाइरेसि सिद्धान्तकार भनेर चिनिने अट्टिला हिल्डम्यान पनि रहेका छन् । उनले भीडलाई सम्बोधन समेत गरेका थिए ।

अधिकारीहरुले प्रदशर्नमा अधिकांश दक्षिणपन्थी अतिवादी संलग्न रहेको जनाएका छन् ।

लण्डनमा समेत प्रदर्शनकारीलाई कन्सपाइरेसी सिद्धान्तकार भनेर चिनिनेहरुले सम्बोधन गरेका थिए । यो सिद्धान्तले कोरोना भाइरस एउटा मिथ्या भ्रम भएको दावी गर्दै आएको छ ।

उनीहरुले कोरोना भाइरसको नाममा बजारले आम मानिसलाई भ्रमित बनाउन खोजेको र सरकारहरुले आफ्नो सत्ता टिकाउन फासिवादको अभ्यास गरेको बताइरहेका छन् ।
उनीहरुले स्वतन्त्रताका लागि एक होऔं भन्ने नारा लगाएका थिए ।

 

Photo: Various News Sites

कमेन्ट गर्नुहोस्