गोली हानेर सिपाहीले गरे आत्महत्या, यस्तो छ कारण

काठमाडौंः नेपाली सेनाको मुख्यालय जंग्गी अड्डामा गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् ।

तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आत्महत्या गरेका हुन् । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आइतबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् ।

याे पनि पढ्नुस  चीनद्वारा नेपाली सेनालाई साढे २ अर्ब सहयोग

उनले किन आत्महत्या गरे खुलेको छैन । घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्