बिहानै थपिए १०३ संक्रमित, कहाँ कति ?

काठमाडौंः आइतबार बिहान थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा ७९ जना र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा २४ जना गरेर १०३ जना संक्रमा पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  ज्योतिषशास्त्रमा २०७७: कोरोना बैशाखको प्रारम्भबाटै शान्त हुने

संक्रमितहरू पर्साका ४७ जना, बाराका ३० जना, मोरङ र काठमाडौंका १÷१ जना रहेका छन् । नयाँ थपिएका संक्रमित ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना देखिएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँका २२ र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  काठमाडौंको काँडाघारीमा सैलुन चलाउनेलाई कोरोना पुष्टि, कपाल काट्नेको खोजी सुरु

संक्रमितमध्ये दुई महिल मध्ये १ जना स्वास्थ्यकर्मी हुन् भने १ जना स्थानीय व्यापारी रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्