कालिकोटमा फेरि पहिरो, १२ जना घरभित्रै च्यापिएको आशङ्का

कालिकोट: तिलागुफा नगरपालिका–१ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् ।

गएराति परेको पानीले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना घरभित्रै पुरिएको स्थानीयले बताएका छन् । एक जना पाँच वर्षका निराजन शाहीको शव निकालिएको छ । दुई जनाको उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा पठाइएको छ ।

याे पनि पढ्नुस  जोखिमका बस्ती अविलम्ब स्थानान्तरण गर्नुपर्छः देउवा

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले घटनाको पुष्छि गरे । उनले घटनास्थलमा प्रहरी निरीक्षक यक्षराज जोसीको नेतृत्वमा टोली पठाइएको जानकारी दिए ।

कर्णाली राजमार्गको भित्तामाथिबाट आएको पहिरोले घर पुरेको हो ।

कमेन्ट गर्नुहोस्