भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः भारतमा शनिबार ७८ हजार ६७९ जना संक्रमित थपिएका छन् । शनिबार ९४३ जना जनाको कोरोनाबाट मृत्यु हुँदा ६४ हजार ९८२ जना निको भएका छन् । शनिबार भारतमा हालसम्मै बढी संक्रमित थपिँदै कोरोनाले नयाँ रेकर्ड राखेको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुग्दा ६३ हजार ६५७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २७ लाख १२ हजार ५२० जना निको हुँदा सक्रिय संक्रमित संख्या ७ लाख ६२ हजार ९४८ छ ।

याे पनि पढ्नुस  कोरोनाः करिब ६० जना नेपाली दर्शनार्थी जम्मु काश्मीर प्रहरी निगरानीमा

भारतले संक्रमण रोक्न जतिसुकै कोसिस गरे पनि प्रभावकारी हुन सकेको छैन । भारतमा अहिलेसम्म ३५ लाख ३९ हजार ७१२ जना संक्रमित भएका छन् ।

भारतले परीक्षणलाई समेत तीब्रता दिएको छ । अहिलेसम्म प्रति दश लाख जनसंख्यामध्ये २९ हजार २३४ जनाको जाँच भइरहेको छ । हालम्मि त्यहाँ ४ करोड १४ लाख ६२ हजार बढीको कोरोना परीक्षण भइसकेको छ ।

याे पनि पढ्नुस  थप १०३९ जनामा संक्रमित पुष्टि, ९ को मृत्यु

भारतमा कोरोना संक्रमणले झनै विकराल रुप लिएको छ । पछिल्लो दुई दिनमा मात्रै डेढ लाख बढी संक्रमित भएका छन् ।

भारतमा यही स्तरमा संक्रमण जारी रहने हो भने अबको चारदिन भित्रै भारत संसारकै दोश्रो उच्च संक्रमित हुने देशमा गनिनेछ । अहिले दोश्रो उच्च संक्रमण भएको देश ब्राजिल रहेको छ । ब्राजिलमा ३८ लाख बढी संक्रमित छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट निको हुनेको संख्या बढ्दै

भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्र प्रदेशमा देखिएको छ । यहाँ हरेक सय जनाको परीक्षण गर्दा १९ जनामा कोरोना देखिएको छ ।

कमेन्ट गर्नुहोस्