बलात्कार अभियोगमा चार पक्राउ

कैलालीः जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताए ।

याे पनि पढ्नुस  छोरी बलात्कार गरेको अभियोगमा बुबा पक्राउ

भदौ ११ गते राति काकाको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा पक्राउ परेकाहरूले ती युवतीलाई डरत्रास देखाएर खेतवारीमा बलात्कार गरेका थिए ।

कमेन्ट गर्नुहोस्