बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक बसिरहेकाे जानकारी दिए ।

उनले सामाजिक सञ्जालबाट मन्त्रिपरिषद्को नियमित बैठक भएको जानकारी गराएका छन् । बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ ।

याे पनि पढ्नुस  राहत वितरण गर्दा अकस्मात प्रहरीको भ्यान आएपछि...

विभिन्न सार्वजनिक संस्थानहरुमा नियुक्तिबारे निर्णय हुनेछ । साथै राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा छलफल हुने बुझिएको छ।

कमेन्ट गर्नुहोस्