रूपन्देहीमा भदौ २० सम्म थपियाे लकडाउन

बुटवल : रूपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थप भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ २० गते राति १२ बजेसम्म लकडाउन थप गरेको जनाएको छ ।

जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न सिफारिस गरेको थियो । प्रशासनले उक्त सिफारिसलाई सदर गरेको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा खाद्यले मोबाइल भ्यानबाट चामल बेच्दै, साल्ट ट्रेडिङसँग ६ महिनाका लागि ग्यास मौज्दात

लकडाउन उल्लंघन गरेमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थद्धरा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि ७ गतेसम्म पहिलो पटक लकडाउन गरेको थियोे । संक्रमितको संख्या बढेपछि पुनः भदौ १४ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरिएको थियो ।

याे पनि पढ्नुस  लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले दियो आदेश

रुपन्देहीमा कोरोना सक्रमितहरु दैनिक बृद्धि भएका छन् । भने मृत्तकको संख्या पनि थपिदै गएको छ ।आज पनि बुटवलका एक जना कोरोना संक्रमित पूरुषको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्