विप्लव नेतृ भुजेल र नेता पौडेल फरार, तनावमा प्रहरी

राजविराज  : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका छन्।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरू उम्किन सफल भएका हुन् । विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ।

याे पनि पढ्नुस  विप्लव समूहका कास्की सेक्रेटरी सुजन पक्राउ

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न प्रहरी तैनाथ थिए ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भएपछि बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।

याे पनि पढ्नुस  अदालत परिसरबाटै विप्लव समूहका नेता ओली तेस्रोपटक पक्राउ

अदालत परिसर अगाडिको मूल ढोकामा पुनः पक्राउ गर्न प्रहरी र फोटो खिच्न पत्रकार बसेका थिए। उनीहरू अदालतबाट बार एशोसिएसनको पछाडिको ढोका हुँदै बेपत्ता भएको अदालतका एक कर्मचारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्