भारतमा कोरोनाले तोड्यो रेकर्ड, आइतबार आजसम्मकै उच्च संक्रमण

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ ।
आइतबार भारतमा इतिहासकै उच्च संक्रमण देखिएको छ । भारतीय तथ्यांक हेर्दा आइतबार मात्रै भारतमा रेकर्ड ७९ हजार ४५७ जनामा संक्रमण देखिएको छ।

योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ ।

हालसम्म भारतमा २७ लाख ७२ हजार ९२८ जना निको भएका छन् । यो बीचमा ६४ हजार ६१७ जनाको मृत्यु भएको छ ।

आइबारका दिन सबैभन्दा बढी महाराष्टमा १६ हजार ४०८ जनामा संक्रमण भेटिएको छ ।

 

कमेन्ट गर्नुहोस्