धाेनीसँग विवाद र काेठा चित्त नबुझेका कारण सुरेश रैना घर फर्किएकाे खुलासा

दुबई, भारतीय प्रिमियर लिग खेल्न युएईकाे दुबई पुगेका चेन्नई  सुपरकिंग्सका खेलाडी अचानक घर फर्किनु परेकाे कारण खुलासा भएकाे छ ।

पछिल्लाे खबर अनुसार, काेठा चित्त नबुझेपछि रैना घर फर्किएका हुन । यहि विषयमा रैना र सिएसके कप्तान महेन्द्र सिंह धाेनीबीच विवाद पनि भएकाे थियाे ।

याे पनि पढ्नुस  धोनीको जन्मदिन मनाउन वीरगन्जमा रक्तदान

काेराेना भाईरसका कारण अागामी सेप्टेम्बर १९ देखि अाईपील खेल युएईमा शुरु हुने तय भएकाे छ । बायाे प्राेटाेकल अनुसार खेलाडीहरुले ६ दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

सुरेश।रैना अचानक घर फर्किदा पारिवारिक कारण बताईए पनि बस्ने काेठा चित्त नबुझेपछि उनी फर्किएकाे भारतीय मिडियाले जनाएका छन् ।

याे पनि पढ्नुस  आइपीएलमा सुरेश रैनाले बनाए यस्तो रेकर्ड

कप्तान धाेनीले सुरेशलाई मनाउन निकै काेशिस गरेपनि उनले  मानेनन् । यसबाट उनलेयाे सिजनमा पाउने ११ कराेड पनि धरापमा पर्ने भएकाे छ ।

भारतीय क्रिकेट कंट्रोल बोर्ड (BCCI) का पूर्व अध्यक्ष एन. श्रीनिवासनले भने सफलता टाउकाेमा चढेका कारण रैनाले याे मुर्खतापूर्ण कदम चालेकाे टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्