रुपन्देहीमा थप १ कोरोना संक्रमितको मृत्यु

बुटवलः रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो । कोराना संक्रमणपछि होम आइसोलेसन बसेकी उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसअधि तिलोत्तमा नगरपालिका कोरोनाबाट २ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्