भान डे विकलाई भित्र्याउँदै युनाइटेड

एजेन्सीः म्यान्चेस्टर युनाइटेडले आयाक्सका मिडफिल्डर डोनी भान डे विकलाई अनुबन्ध गर्ने नजिक पुगेको छ । खेलाडीको अनुबन्धका लागि युनाइटेडले ४ करोड पाउन्ड तिर्ने २ क्लबबीच सहमति भएको बीबीसीले जनाएको छ ।

युनाइटेडका म्यानेजर ओले गनर सोल्क्सायर २३ वर्षीय नेदरल्याण्डका खेलाडीको ठूलो प्रशंसक रहेका छन् । उनको खेल हेर्न सोल्कसायर धेरै पटक स्टेडियममा पनि पुगेका छन् । मेडिकल र व्यक्तिगत करारमा कुरा मिलेपछि आगामी केही दिनमा नै औपचारिक सम्झौता हुने बताइएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानसमेत थप ४ देशले दिए चीनमा बनेको कोरोना खोपको क्लिनिकल ट्रायललाई अनुमति

भान डे विकले युनाइटेडसँग ५ वर्षको करार गर्ने र १९ सेप्टेम्बरमा प्रिमियर लिगमा हुने क्रिस्टल प्यालेस विरुद्धको खेलमा उनी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

भा डे विक सन् २०१९ को च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्ने आयाक्सको टोलीका सदस्य हुन् ।

याे पनि पढ्नुस  भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

युनाइटेडले बोरुसिया डर्टमन्डका विंगर जाडोन सान्चोलाई पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्