को हुन् प्रधानमन्त्रीले फोन गरेर हौंसला दिएका युवा किसान ?

गुल्मीः रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन । बरु रोजगारीका लागि नयाँ–नयाँ गन्तव्य खोजेर युवाहरु पलायन हुने क्रम बढ्दो छ ।

तर संसारमै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि गुल्मीका एक जना युवाले यस्ता बहुमुल्य बिरुवाको खेती सुरु गर्न थालेका छन् । गुल्मीका दिलिप भण्डारीले सयौं रोपनी जमिनमा बहुमुल्य बनस्पति बोधिचित्त (बौद्ध धर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने), श्रीखण्ड्, अगरउड, रुद्राक्ष, नामका बहुमुल्य बनस्पति रोपेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–२ निवासी भण्डारीले नेपालमै बहुमुल्य बनस्पतिको खेती सुरु गरेका हुन । उनले यस्ता बहुमुल्य बिरुवाको खेती गरेको पाँच वर्ष भयो । नेपाली सेनाको जागिर छोडेर विश्वका महँगा बिरुवाहरु के के हुन् ? कसरी राम्रो आम्दानी गर्न सकिन्छ ? भनेर खोज्दै जाँदा बहुमुल्य बनस्पतीको खेती गर्ने सोच बनाएपछि सुरु गरेको भण्डारीको भनाइ छ । बहुमुल्य बनस्पतिको खेती कसरी गर्ने भनेर भारत, कतार, दुबाई, बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि नेपालमा आएर बहुमुल्य बनस्पतीको खेती गरेको भण्डारी सुनाउँछन ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

उनले आफ्नो खेती मात्र गरेका छैनन । गाउँमा यो खेतीप्रति आकर्षण बढाउन निःशुल्क बिरुवा पनि बाँड्ने गरेका छन । यसरी बिरुवा बाँड्ने सेवा गर्दा मात्र उनले ४–५ वटा घडेरी नै बेचेको यथार्थ पनि सुनाए । बिभिन्न ठाउँमा अध्ययन र बिरुवाहरु लगाउदै जाँदा घडेरी बेचेर आएको ९३ लाख रुपयाँ लगानी गरेको भण्डारीले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा सहभागी

उनले स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनीभन्दा धेरैमा विरुवा रोपेका छन । एक्लै संघर्ष गरेका युवा भण्डारीलाई बिभिन्न मिडियामा समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै फोन गरेर उनको कामको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले बहुमुल्य बनस्पतीको खेती गरेका युवालाई फोन गरेर यसको प्रचार–प्रसार र हरेक कुरामा साथ दिने बताएका थिए ।

याे पनि पढ्नुस  यो सरकार कुनै देशको आर्शिवादबाट टिक्ने, ढल्ने र ढालिने कल्पना नगरे हुन्छः प्रधानमन्त्री ओली

अहिलेसम्म १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड र एभोकार्डो गरी नेपालभरि १ लाख भन्दा धेरै बोट लगाएको भण्डारीले प्रधानमन्त्रीलाई सुनाएका थिए ।

यो वर्षदेखि बोधिचित्त फल्न शुरु गरको र बिक्री हुने भए पनि अहिले कोरोना भाइरस संक्रमणका कारण ब्यापारीहरु नआएको र बिक्री गर्न नसकिएको उनको गुनासो थियो । युवा जनशक्ति सबै शहर र विदेश पलायन हुने हो भने गाउँको विकास कस्ले गर्ने भनेर भित्री मनदेखि नै कृषि क्षेत्रमा लागेको भण्डारीले बताए । एनभिटीबाट साभार

कमेन्ट गर्नुहोस्