इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्‍न माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा एमफिल (दर्शनाचार्य) तहमा अध्ययनरत विद्यार्थीहरूले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने सरकारसँग माग राखेका छन्। सर्वोच्च अदालतको अंग्रेजीमा नम्बर प्लेट राख्‍ने फैसला गरेसँगै तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्नुपर्ने उनीहरूले माग राखेका हुन्।

याे पनि पढ्नुस  सेलिब्रिटीदेखि सर्वसाधारणको रोजाइमा सिभिल मलको योङ्कर्स क्लोथिङ

संघर्ष समितिका संयोजक विर्खराज रेग्मीले नेपाली भाषा जीवन पद्धतिसँग जोडिएकोले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्नुपर्ने माग गरे। ‘नेपाली भाषा नेपालीको पहिचान हो,’उनले भने,‘जीवन पद्धतिसँग जोडिएको छ। तर, ती पहिचान मासेर नम्बर प्लेटमा अंग्रेजी भाषा राख्‍न लागिएको छ। यो हामीलाई मान्य छैन।

याे पनि पढ्नुस  वडाध्यक्षलाई कामको चाप

सर्वोच्व अदालतले फैसला तत्काल सच्याई नेपालीमा भाषामा राख्नुपर्छ।’ सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपाली भाषाको अपमान गरेको भन्दै यो फैसला समयमै नसच्याए कडा कदम चाल्न बाध्य हुने उनको चेतावनी छ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाललगायत विभिन्न निकायहरूले चलाएका अभियानहरूप्रति संघर्ष समितिले ऐक्यबद्धता जनाउँदै इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्नुपर्ने माग राखेर आइतबार प्रेस विज्ञप्तिमार्फत सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्