ऋण फिर्ता नदिएको भन्दै दलित महिलामाथि कुटपिट

महोत्तरीः महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि सामुहिक रुपमा कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।

सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् ।

याे पनि पढ्नुस  विष सेवन गराएर छोराको हत्या, आमाको अवस्था गम्भीर

पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि ती महिलाले लगाएको कपडा च्यातेर कुटपिट गरेको पीडित महिलाकी पतिले बताए । २ वर्षअघि ती महिलाले विजय चौधरीसँग प्रति बजार १ हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिए ।

याे पनि पढ्नुस  महोत्तरीमा एकै दिन १७ जनामा कोरोना, कन्ट्याक्ट ट्रेसिङमा जोड

पैसा लेनदेनको विषयमा बसेर छलफल गर्न भनिए पनि चौधरी दाजुभाईले शारीरिक रुपमा अशक्त महिलामाथि कुटपिट गरेको पीडित पक्षले बताए।

घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएको बताइएको छ । तर घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्