भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं :  भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको हाे । उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत बुबाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना पुष्टि

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

कमेन्ट गर्नुहोस्