मुखर्जीको निधनले नेपालले एक असल मित्र गुमायाे : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

‘उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ,’ ट्विटमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्