डेरामा बस्ने युवती बलात्कार आरोपमा घरबेटी पक्राउ

कैलाली : जिल्लाको धनगढी उपमहागरपालिका- ७ मा डेरा गरी बस्ने १ युवती बलात्कार गरेर फरार भएको आरोप लागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा डेरा गरी बस्दै आएकी युवतीलाई बलात्कार गरी फरार भएका २८ वर्षीय श्रीराम रानालाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  बलात्कार अभियोगमा चार पक्राउ

गत २४ साउनमा ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान् काममा गएका बेला जबरजस्ती कोठामा गएर डराइ धम्काइ जबरजस्ती करणी गरी फरार भएका युवकलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेका रानमाथि जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।

कमेन्ट गर्नुहोस्