वामदेव गौतम उप्रधानसहित अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा

काठमाडौंः नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् ।

उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गरे ।

याे पनि पढ्नुस  सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैनः पूर्वमन्त्री शर्मा

‘१८ गतेकै बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ । ’  राताेपाटीबाट

 

कमेन्ट गर्नुहोस्