यी १२ जिल्लामा छन् ५ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं : आजसम्म देशभरका ७७ मध्ये १२ जिल्लामा सङ्क्रमित ५ सयभन्दा बढी छन् भने २ जिल्लामा शून्य रहेको छ ।

सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, चितवान, ललितपुर, काठमाडौं र रुपन्देही रहेका छन् । त्यस्तै, हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् ।

याे पनि पढ्नुस  बिहीबार कहाँ-कति संक्रमित भेटिए ? (सूचीसहित)

देशभरमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले परिवारभित्र यसबाट बच्ने विधि र व्यवस्थापनका विषयमा छलफल गर्न खाँचो रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

परिवारमा जो कोहीलाई सङ्क्रमण भएमा उसलाई कहाँ र कसरी अरूबाट छुट्टै राख्ने भनी पूर्वतयारी गर्नुपर्ने उनले बताए । उनले भने, ‘सरकारको मात्रै स्रोत र साधनले नपुग्न सक्छ, त्यसैले पहिले नै परिवार र समुदायले योजना बनाउनुपर्छ ।’ आज देशभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

याे पनि पढ्नुस  कोरोनामुक्त बन्यो भक्तपुर

थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा ३ महिला र चार पुरुष छन् ।

मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।

याे पनि पढ्नुस  १७९० संक्रमित थपिए, २४ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्