काेराेनाबाट कम्युनिष्ट नेता चापागाईंकाे मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका पुराना कम्युनिस्ट नेता शोभाखर चापागाईंको कोरोनाको कारण मृत्यु भएको छ । भरतपुर वडा नं. ६ निवासी ७८ वर्षीय पुराना वामपन्थी नेता चापागाईं भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको बिहान ७ः२० बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि नेकपा चितवनले शोक वक्तव्य जारी गरी पार्टीलाई क्षति भएको जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य भरतपुर वडा नं. ६ निवासी पुराना वामपन्थी नेता चापागाईंको सोमबार भएको निधनले सिङ्गो पार्टी स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  ४२ जिल्लामा पुग्यो कोरोना, कुन प्रदेशमा कति संक्रमित ?

उहाँ केही दिनअघि कोभिड–१९ बाट सङ्क्रमित भई भरतपुर अस्पतालमा उपचारत रहेको जनाइएको छ । चापागाईं वि.सं.२०३४ सालमा तत्कालिन कोअर्डिनेसन केन्द्र जिल्ला सङ्गठन कमिटी चितवनको संस्थापकमध्ये एक रहेको उल्लेख छ । २०३५ सालमा कोअर्डिनेशन केन्द्र तात्कालिन नेकपा मालेमा रुपान्तरण गरी चितवन जिल्ला सङ्गठन कमिटी गठन हुँदासमेत उहाँ सदस्य रहनुभएको थियो ।

याे पनि पढ्नुस  पूर्व राजा शाहले पनि पाएनन् लकडाउनमा पास

चितवनको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका चापागाईं चितवनको दुग्ध उत्पादनमा अग्रणी संस्था अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक रहनुभएको थियो । विभिन्न शैक्षिक संस्था, सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय चापागाईं गाईपालक श्रमजीवी किसानको रुपमा समेत आफ्नो परिचय बनाउनुभएको पार्टीका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । नेता शोभाखरको निधनले पार्टीले एउटा कुशल अभिभावक र असल सामाजिक अभियन्ता गुमाएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  डोल्पामा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ

पार्टीका पुराना नेताको निधनप्रति जिल्लाका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन् । गाेर्खापत्रबाट

कमेन्ट गर्नुहोस्