चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, सोमबार मात्रै ४ जनाको निधन

भरतपुर । चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोह्र पुगेको छ ।

मृत्यु हुनेमा चितवन जिल्लाका नौ जना रहेका छन् भने बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएकाहरु छन् । जसमध्ये मकवानपुरका तीन जना तथा बारा, गोरखा, नवलपरासीका १–१ जना रहेका छन्।

चितवननमा सोमबारका साँझ केही समयको फरकमा दुई महिला र एक पुरुषसहित तीन जनाको निधन भएको थियो । यसअघि बिहान एकजना बृद्धको निधन भएको थियो ।

याे पनि पढ्नुस  काेराेनाका कारण स्वास्थ्यकर्मीसहित थप ३ को मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला रहेका छन् ।

ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएका उनीहरु भरतपुर अस्पतालमा उपचाररत थिए । यद्यपी एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको हो । परिवारजनले भने दुई तीन अघिसम्म उनीहरुमा कुनै लक्षण र बिरामी नदेखिएको बताए । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गए राती गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  चितवनमा थप ७४ जनामा संक्रमण, संक्रमितको संख्या ९३३ पुग्यो

यसैगरी वीरगञ्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

कमेन्ट गर्नुहोस्