बिरामी बोकेको एम्बुलेन्स त्रिशुली किनारमा पल्टियो, ५ घाइते

चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएकाे छ । दुर्र्घटनामा ५ जना घाइते भएका छ्न् । पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना भएकाे हाे । मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खस्न पुगेकाे थियाे ।

याे पनि पढ्नुस  बस दुर्घटनाः तीनको मृत्यु, १७ घाइते

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।

कमेन्ट गर्नुहोस्