लक्ष्मण झुलामा अश्लील तस्वीर र भिडियो खिचेको आरोपमा फ्रेन्च महिला गिरफ्तार

महेन्द्रनगर, प्रसिद्द लक्ष्मण झुलामा नग्न तस्वीर खिचेको आरोपमा प्रहरीले एकजना २७ वर्षीय महिलालाई गिरफ्तार गरेको छ ।

भारतको उत्तराखण्डस्थित गंगा नदीमा रहेको उक्त झोलुंगे पुल पवित्र स्थान मानिन्छ ।

सिएननमा प्रकाशित समाचार अनुसार, मेरि हेलेन नाम गरेकी ती फ्रेन्च महिलाले उक्त पुलमा अश्लील प्रकृतिका तस्वीर खिचेकी थिइन ।

उत्तराखण्डको ऋषिकेशबाट पाँच किलोमिटर उत्तरमा रहेको उक्त झोलुंगे पुललाई हिन्दुहरुले पवित्र तीर्थका रुपमा लिने गर्दछन् । पौराणिक कथा अनुसार, रामका भाई लक्ष्मणले डोरीले सहायताले गंगा नदी पार गरेको स्थानमा उक्त झोलुंगे पुल बनाइएको हो । बंगलादेश र भारत भएर बग्ने गंगा नदी २ हजार ७ सय ४ किलोमिटर लामो रहेको छ ।

समाचार अनुसार, ती महिलाले आफ्नो आभुषण, गहनाको व्यापार गर्ने उद्देश्यले पुलमा गएर अश्लिल तस्वीर र भिडियो लिएकी थिइन । “उनले पवित्र झुलामा गएर भिडियो खिचिन र पछि होटलको कोठामा अश्लिल तस्वीर खिचेर इन्स्टाग्राममा पोष्ट गरिन” प्रहरी अधिकृत आर के सक्लानीको भनाई उदृत गर्दै सिएनएनले उल्लेख गरेको छ । महिलाले तस्वीर र भिडियो लिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस्