इङ्ल्याण्डद्वारा अष्ट्रेलियाविरुद्ध खेलिने टी २० का लागि टीम घोषणा, को को परे ?

काठमाडौं: कोरोना भाइरसले उग्र रुप लिइरहेपनि क्रिकेट प्रतियोगिताहरु भने शुरु हुन थालेका छन् । हालैमात्रै इङ्ल्याण्डले वेष्ट इण्डिज, आयरल्याण्ड र पाकिस्तानविरुद्ध केही खेलमा विजय हासिल गरेको छ ।

यसैबीच अर्को महिना अष्ट्रेलियाविरुद्ध हुने टी २० प्रतियोगिताका लागि समेत इङ्ल्याण्डले आफ्नो टीम घोषणा गरेको छ ।
इङ्ल्याण्डले आफ्ना युवा खेलाडीलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  भोलिदेखि ‘लकडाउन’मा थप कडाई गर्दै प्रहरी

सबैभन्दा बलियो खेलाडी टेष्ट कप्तान जोइ रुट र विकेटकीपर तथा ब्याट्सम्यान जोस बटलरलाई भने एउटा फर्मेटमा मात्रै स्थान दिइएको छ । तीब्र गतिका बलर जोफ्रा आर्चर, मार्क वुड र अलराउण्डर क्रिस वोक्स भने टीममा फर्केका छन् ।

आयरल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेपनि डेभिड भिलीलाई पाकिस्तानविरुद्धको टी२० सिसिलको पहिलो दुई खेलको अन्तिम एकादशमा मौका दिइएन । अहिले भने उनी अष्ट्रेलियाविरुद्धको टीममा पनि परेका छैनन । यसैगरी बेन स्टोक्स पनि यो सिरिजबाट बाहिर नै हुनेछन् ।

याे पनि पढ्नुस  भारतमा एकैदिन थपिए ४० हजार बढी कोरोना संक्रमित

यस्तो छ टीम

टी-२० टीम

इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जॉनी बेयरस्टो (विकेटकीपर), टॉम बेंटन, जोस बटलर (विकेटकीपर), स्याम बिलिंग्स, स्याम कुर्रन, टॉम कुर्रन, जो डेनले, क्रिस जोर्डन, डेविड मलान, आदिल रशीद और मार्क वुड।

रिजर्व खेलाड़ी- लियाम लिविंग्स्टोन और साकिब महमूद।

याे पनि पढ्नुस  पटक–पटकको परीक्षणमा देखिएको थियो युवतीलाई कोरोना ‘पोजेटिभ’

वनडे टीम

इयोन मोर्गन (कप्तान), जो रूट, जॉनी बेयरस्टो (विकेटकीपर), टॉम बेंटन, सैम बिलिंग्स, सैम कुर्रन, टॉम कुर्रन, मोइन अली, जोफ्रा आर्चर, आदिल रशीद, क्रिस वोक्स और मार्क वुड।

रिजर्व खेलाड़ी-जोए डेनले और साकिब महमूद।

कमेन्ट गर्नुहोस्